
बाजुरा, २३ भदौ । बाजुराको वुढीनन्दा नगरपालिकामा ढुङगा लागेर आज एक युवकको मृत्यु भएको छ ।
वुढीनन्दा नगरपालिका वडा नं तिन वस्ने जगत रोकायाको ढुङगा लागेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।
आज दिउसो कोल्टी बाट खानेपानीको पाईप वोकेर मुहान तर्फ जाने क्रममा भिर माथि वाट आएको ढुङगा लागेर २९ वर्षिया रोकायाको ज्यान गएको प्रहरी सहायक निरीक्षक शेर बहादुर कवँरले जानकारी दिएका छन् ।
गत दुई गते रातिको अविरल वर्षा संगैको वाढि पहिरोले अवरुद्ध भएको कोल्टी वृहत खानेपानीका मर्मत गनको लागि पाईप लिएर मुहान तर्फ जाने क्रममा नुरी खोलाको भिर माथि वाट खसेको ढुङगाले रोकायाको टाउकोमा चोट लागेको कवँरले बताएका छन् ।
अहिले प्रहरी टोली घटनास्थलमा पुगि मुचुल्का तयार पारेकोले मृर्तक रोकायाको पोष्र्टमका लागि कोल्टी ल्याउने तयारी भैरहेको प्रहरीले जानएको छ ।















प्रतिक्रिया