७ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा थपिए ३९६ कोरोना संक्रमित, २ को मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । काठमाडौँ उपत्यकामा थप ३ सय ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ सय, ललितपुरमा ३८ र भक्तपुरमा ५८ गरी उपत्यकामा ३ सय ९६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै काठमाडौँमा संक्रमितको संख्या ६ हजार ९ सय १७ पुगेको छ भने ललितपुरमा ९ सय ३९ र भक्तपुरमा ७ सय २४ जना पुगेका छन् ।

त्यस्तै, मन्त्रालयका अनुसार काठमाडौँकी ८० वर्षीया महिला र ८५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उपत्यकामा सोमबार ३ सय २६ जनामा संक्रमण देखिएको थियो ।

देशभर मंगलबार थप ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ३ सय ६ जनाको मृत्यु भइसकेको छ ।