
काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसका कारण मानसिक स्वास्थ्यमा परेको प्रभावबारे मनोचिकित्सकहरूसँग छलफल गरेका छन् ।
छलफलपछि प्रधानमन्त्री ओलील मातहतका निकायलाई मनोसामाजिक समस्याको समाधानका लागि निर्देशन दिएका छन् ।
मंगलबार बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले कोरोनाबारे अनावश्यक त्रास फैलाइएको बताए । उनले कतिपयले कोरोनाबारे भ्रमपूर्ण त्रास फैल्याएकोले कोरोनाभन्दा पनि मानसिक डर बढेको बताए ।
प्रधानमन्त्रीका अनुसार स्वास्थ्य मन्त्रालय र मनो चिकित्सकहरुले कोरोनाबारे सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
परामर्शमा सहभागीहरुले मनोस्वास्थ्यका बारेमा नेपालमा चासो नदिएको भन्दै प्रधानमन्त्रीसँग गुनासो गरेका थिए । उनीहरुले लकडाउन र निषेधाज्ञाका कारण यस समयमा मानसिक समस्या बढ्नुका साथै आत्महत्या बढेको बताएका थिए ।
विद्यालय तहदेखिन नै मानसिक स्वास्थ्य सम्बन्धी शिक्षा पाठ्यक्रममा समेट्नुपर्ने चिकित्सकहरूको जोड थियो ।
जवाफमा प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रासमुक्त समाज निर्माणका लागि मनोचिकित्सहरुको विशेष योगदान हुने बताएका थिए ।
ओलीले तत्काल टेलिभिजिन, रेडियोलगायत सञ्चारमाध्यमबाट परामर्श र चेतना फैल्याउनु आवश्यक रहेको समेत बताए । यसका लागि मनोचिकित्सकहरुले योगदान गर्न पनि आग्रह गरे ।
छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, डा. सरोजप्रसाद ओझा, डा. सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, डा.रितेश थापा, डा. दिव्य सिंह, डा. सगुन पन्त, डा. रोशन पोखरेल, डा. फणीन्द्र बराल, डा. अनन्त अधिकारी लगायत सहभागी थिए ।















प्रतिक्रिया