
काठमाडौँ, २३ भदौ । रामेछापका थप ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरुमा जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा रहेका २ जना, ३ जना प्रहरी र मन्थली नगरपालिकाका एक महिला गरी ६ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जनाएका छन् ।
उनीहरुको केहि दिन अगाडि स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । योसँगै जिल्लाबाट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ हुनेको संख्या ४९ पुगेको छ ।
प्रहरी हिरासतमा रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहित अर्का एक जनामा कोरोना देखिएको हो । साउन ३० गते मध्यान्ह मन्थलीबाट शरीर बन्धक कसुरमा पक्राउ गरेपछि गाउँपालिकाका अध्यक्ष खड्का २६ दिनदेखि प्रहरी हिरासतमा रहेका छन । उनी पक्राउ परे लगत्तै थप ठगी र बलात्कारका दुई वटा मुद्दा दर्ता भएका थिए ।















प्रतिक्रिया