७ कार्तिक २०८३, शनिबार

अस्वस्थ भएपछि कांग्रेस महामन्त्री डा.काेइरालाकाे स्वाब संकलन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री डा.शशांक कोइरालालाई अस्वस्थ भएका छन् ।

उनलाई सामान्य ज्वरो आएको छ । सोमबार साँझतिर सामान्य ज्वरो आएपछि डा.कोइरालालाई उपचार गर्न थालिएको छ । उच्च स्रोतका अनुसार मंगलबार महामन्त्री डा.कोइरालाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

कोरोना महामारीका बेला नेता तथा कार्यकर्ताहरूसँग महाराजगञ्जस्थित निवासमै भेटघाट गर्दै आएका डा.कोइरालालाई सोमबार अचानक स्वास्थ्यमा समस्या आएको थियो ।

डा.कोइराला बिरामी भएका विषयमा निजी सचिवालयले केही भनेको छैन । डा.कोइरालाको स्वाबको रिपोर्ट तीन बजेसम्म आउने जनाइएको छ ।