३ कार्तिक २०८३, मंगलबार

एक लाख पुरस्कारकाे एमएनटीभी गायनमा आवेदन आह्वान, अनलाइनबाटै भाग लिन पाइने

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिड्नी । एमएनटीभी अष्ट्रेलियाले विश्वव्यापी गायन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।

कोरोनाको महामारीका कारण विश्व आक्रान्त बनेका बेला घरमै बसेर पनि सिर्जनात्मक व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले हल अफ फेमको सिजन–२ अन्तर्गत अनलाईन गायन प्रतिस्पर्धा गर्न लागिएको हो ।

सोमबारबाट आवेदन खुल्ला गरिएको छ । यो अक्टोबर १५ तारिखसम्म कायम रहनेछ ।

हल अफ फेममा सहभागी हुनका लागि नेपाली भाषामा गाएको गीतको अधिकतम ५ मिनेटसम्मको रेकर्डसहित आवेदन दिनुपर्नेछ ।

ईमेलमार्फत प्राप्त हुने सहभागीमध्येबाट टप ५० को छनोट गरिनेछ । उनीहरूबीचको प्रतिस्पर्धाबाट विजेता घोषित हुनेछन् ।

विजेताले १ लाख रुपियाँ नगद पुरस्कारका साथै कूल पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

जसमा गीत रेकर्ड, म्युजिक भिडियो निर्माण, फोटोशूट लगायत समावेश छ । सहभागीहरूका लागि निम्न प्रावधानहरु राखिएको छ ।

आवेदनका साथ कम्तिमा तीन मिनेटदेखि ५ मिनेटसम्मको गीत गाएर पठाउनुपर्ने नियम राखिएको छ ।

भिडियो र गीत सकेसम्म एचडी क्वालिटीमा पठाउन भनिएको छ । प्रतियोगितामा मोबाइलबाट खिचिएको भिडियोलाई मान्यता दिइएको छैन ।

प्राप्त भएका सिर्जनालाई एमएनटीभीले गठन गरेको वरिष्ठ गायकहरू सम्मिलित निर्णायक मण्डल समक्ष राखिनेछ ।

निर्धारित समयमा आएका गायनको भिडियोसहित आएका प्रतिस्पर्धीमध्येबाट ५० जनाको छनोट गरिने विज्ञप्तिमा उल्लेख छ ।

अन्य कुनैपनि यस्तै प्रतियोगिताहरूमा सहभागी भएका, विजेता रहेकाहरूलाई पनि आफ्नो सिर्जना पठाउन र प्रतियोगितामा सहभागी हुन बन्देज लगाइनेछैन ।

प्रतिस्पर्धाका लागि आवेदन पठाउने मिति अक्टोबर १५, २०२० सम्म रहेको छ ।

विजेताको छनोट निर्णायक मण्डल र सामाजिक सञ्जालमा दर्शक श्रोताबीचको लोकप्रियताका आधारमा गरिनेछ ।

विजेतालाई एक लाख नगदसहित पाँच लाख रुपियाँ मूल्य बराबरको प्याकेज प्रदान गरिने आयोजको भनाइ छ । विजेतालाई गीत रेकर्ड, म्युजिक भिडियो निर्माण, फोटो शूट लगायतका सुविधा पनि दिइएको छ ।

प्रतिस्पर्धा पूर्णतः प्रतिभा प्रोत्साहनको लागि केन्द्रित रहने जनाइएको छ । कुनै विषम परिस्थितिमा एमएनटीभी अष्ट्रेलियाको निर्णय नै अन्तिम हुने विज्ञप्तिमा उल्लेख छ ।

आवेदन पठाउने मेल – [email protected]