३ कार्तिक २०८३, मंगलबार

वेपत्ता छोराको दुई महिनापछि घरमा शव आएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ४ चैत । हराएको दुई महिनापछि एक बालकको शव आज खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रमा भेटिएको छ ।

केन्द्रभित्र बिग्रिएर थन्किएको पुरानो गाडीको बाकसभित्र गँगबु बानियाँटारमा डेरा गरी बस्ने नौ वर्षीय अनिश लामाको शव फेला परेको हो । गत पुस २५ गते गँगबुबाट महामञ्जुश्री नगरकोट–८ स्थित मामाघर आएका लामा पुस ३० गतेदेखि बेपत्ता भएका थिए । बेपत्ता छोरा खोजिदिन आमा सङ्गीताले महानगरीय प्रहरी परिषर भक्तपुरमा निवेदन दिएको दुई महिनापछि लामा मृत भेटिएका हुन् ।

बालबालिकाले खेल्ने क्रममा गाडीभित्रको बाकसमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि आमा आएर शव पहिचान गरेकी हुन् ।

परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले बालकको शव निकै गलेको अवस्थामा भेटिएको बताउनुभयो । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । रासस