काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल ३’को पहिलो नयाँ गीत सार्वजनिक गरिएको छ । संयोग योगीको आवाजमा सजिएको ‘यो मन ढुंगा भए हुन्थ्यो’ बोलको गीत बुधबार सार्वजनिक भएको हो ।
आज सार्वजनिक गरिएको सार्वजनिक गीतमा बसन्त सापकोटाको संगीत बिकाश आचार्य को शब्द रहेको छ । यसअघि सार्वजनिक भएको चलचित्रको गीतलाई दर्शक तथा स्रोतले ठिकै मन पराए पनि अहिले सार्वजनिक गीत चल्नेमा चलचित्र युनिट दुक्का देखिन्छ ।
बाल कलाकारद्धय अनुभव रेग्मी र सफला भट्टराई को साथमा आर्यन सिग्देल, प्रियँका कार्की, सुरज सिह ठकुरी , संचिता लुईटेल, सयंम पुरी र आस्मा डिसी लगायत ले चलचित्रमा अभिनय गरेका छन् ।
बिकास आर्चायको लेखन तथा निर्माण तथा मा बनेको “नाई नभन्नु ल ३ ” आगामी चैत्र २७ गते रिलिज हुदैछ ।















प्रतिक्रिया