७ कार्तिक २०८३, शनिबार

नागरिकतामा कीर्ते गरेको आरोपमा वडाध्यक्ष जेल चलान

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । नागरिकता कीर्ते गरेको अभियोगमा तनहुँको भानु ५ का वडाध्यक्ष प्रकाश मल्ल जेल चलान भएका छन् ।

२०५५ सालमा तनहुँ जिल्ला अदालतबाट भएको फैसलामा एक वर्ष कैद सजाय बाँकी रहेकोमा मल्ल सोमबार कारागार चलान भएका हुन् ।

तनहुँ जिल्ला अदालतका अनुसार उनको एक वर्ष कैद भुक्तानी बाँकी रहेकाले कारागार चलान गरिएको हो ।

२०५५ वैशाख ३० गते हाल भानुका राजु थापाले होमबहादुर थापाको नक्कली छोरा बनेर दोहोरो नागरिकता लिने काममा सघाएको भन्दै तत्कालीन जिल्ला न्यायाधीश उदयराज चापागाईंको इजलासले उनलाई एक वर्ष कैद सजाय फैसला गरेको थियो ।