७ कार्तिक २०८३, शनिबार

विराटनगरमा ५१ सहित प्रदेश १ मा थपिए थप १५५ कोरोना संक्रमित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । विराटनगर महानगरपालिकामा सोमबार थप ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै महानगरमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ७२ पुगेको छ । जसमध्ये ५ सय ६१ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

त्यस्तै, प्रदेश १ मा सोमबार थप १ सय ५५ जनामा संक्रमण देखिएको छ । जुन २४ घण्टामा हालसम्मकै धेरै हो ।

पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाका थप १ सय ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ७७ पुगेको छ । जसमा १ हजार ८ सय ९६ जना निको भएर घर फर्किसकेका छने भने ४३ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।