
काठमाडौँ, २२ भदौ । रुकुम पश्चिममा ४ दिनदेखि हराइरहेका बालकको शव भेटिएको छ ।
प्रहरीका अनुसार बाँफिकोट गाउँपालिका ६ मग्माका लालबहादुर कुसारीका १० वर्षीय छोरा खिमबहादुर कुसारीको सोमबार स्थानीय रेरे खोलामा शव फेला परेको हो ।
बाख्रा चराउन जंगल गएका खिमबहादुर भदौ १९ देखि रेरे खोलामा बेगर बेपत्ता भएका थिए । स्थानीय र प्रहरीले उनको खोजी गर्दै आएको थियो ।
खोजतलास गर्ने क्रममा सोमबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।















प्रतिक्रिया