७ कार्तिक २०८३, शनिबार

३६ सय बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण, कुन निकायका कति ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । नेपालमा तीन वटै सुरक्षा निकायका ३ हजार ६ सयभन्दा बढी सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर २ हजार ३ सय १७ नेपाल प्रहरी, ७ सय ४२ सशस्त्र प्रहरी र ६ सय बढी नेपाल आर्मीमा कोरोना देखिएको छ ।

उपत्यकामा नेपाल प्रहरीमा बढी संक्रमण देखिएको छ । साढे १३ सय संक्रमितमा उपत्यकाका मात्र ६ सय ६४ जना रहेका छन् । नेपाल प्रहरीका अनुसार कुल संक्रमितमध्ये ९ सय ६७ जना कोरोनामुक्त भएका छन् ।

सशस्त्र प्रहरीमा कुल ७ सय ४२ संक्रमितमध्ये ३ सय ५४ उपचाररत रहेका छन् । ३ सय ८८ जना संक्रमणमुक्त भइसकेका छन् ।

नेपाली सेनामा ६ सयभन्दा बढी संक्रमित रहेका सेनाले जनाएको छ । संक्रमितमध्ये २ सय ६१ जना संक्रमणमुक्त भइसकेका र बाँकी उपचाररत रहेका छन् ।

उनीहरु सबैको हाल स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।