७ कार्तिक २०८३, शनिबार

थप ९७९ जनामा कोरोना पुष्टि, १७ सय ३६ जना निको

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । नेपालमा थप ९ सय ७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ४७ हजार २ सय ३६ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ७ सय ३६ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ३० हजार ६ सय ७७ नाघेको छ ।

हाल देशभर १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ३ सय ६ जना पुगेको छ ।