
काठमाडौँ, २२ भदौ । सरकारले जग्गामा लगाएको कित्ताकाट खुलाएको छ ।
सरकारले कित्ताकाट प्रतिबन्ध फुकुवा गरी सम्बन्धित कार्यालयहरुलाई परिपत्र समेत जारी गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालल भदौ १८ गते कित्ताकाट फुकुवा गर्ने मन्त्रिस्तरीय निर्णय गरेकी हुन् ।
त्यसपछि १९ भदौमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्र पठाउँदै यसअघि कृषियोग्य जग्गाको खण्डीकरणबारेको पूर्व निर्णयहरु बदर गरिएको पत्र पठाएको थियो ।
विभागलेले जिल्ला तथा स्थानीय तहरुलाई कित्ताकाट खुलाइएको परिपत्र गर्दै जानकारी दिएका छन् ।















प्रतिक्रिया