७ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमितको अंग निकालिन्छ भनेर हल्ला फैल्याउने पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । कोरोनाभाइरस संक्रमितको विभिन्न अंगहरु निकालिने गरेको भन्दै अफवाह फैल्याउने व्यक्ति पक्राउ परेका छन् ।

एक युट्युब च्यानलमा अन्तर्वाताका क्रममा कोरोना संक्रमितको लिभर, आँखालगायतका अंग निकालेर बेच्ने गरेको अभिव्यक्ति दिने ५१ वर्षका सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सोमबार नख्खुपोटबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनलाई आफ्नो अन्तिम विकल्प भन्ने कार्यालयबाट पक्राउ गरेको हो ।

प्रहरीसँगको बयानमा उनले आफू डाक्टर नभएको तर अरुले डाक्टर भन्ने गरेको बताएका छन् ।

प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।