
काठमाडौँ, २२ भदौ । काठमाडौँको बुद्धनगरमा एक सैलुनका सञ्चालक मृत अवस्थामा फेला परेका छन् ।
महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार बुद्धनगरस्थित न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक करिब ३५ वर्षका अशोक ठाकुर मृत भेटिएका हुन् ।
आधा सटर खुलेको अवस्थामा ठाकुर ढलेका थिए । त्यो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले ठाकुरको शवलाई पोस्टमार्टमका लागि केएमसी अस्पताल पठाइएको बताएको छ ।
पोस्टमार्टमको रिपोर्टपछि नै उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।
करिब १० वर्षदेखि उक्त सैलुन सञ्चालन गर्दै आएका ठाकुरको घर बाराको निजगढ नगरपालिका वडा नम्बर ८ मा रहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया