३ कार्तिक २०८३, मंगलबार

स्याफ्रु मध्यवर्ती उपभोक्ता समितिमा तामाङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

langtang-valley_20150131062730रसुवा, ४ चैत । लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती उपभोक्ता समूह र उपभोक्ता समिति गठनका क्रममा स्थानीय समाजसेवी पेमादोर्जे तामाङको अध्यक्षतामा स्याफ्रु गाविसमा मध्यवर्ती उपभोक्ता समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा ग्याल्बो घले, कोषाध्यक्षमा दावासोनाम तामाङ, सचिवमा बिनिता तामाङ सहित ११ सदस्य रहेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत भूमिराज उपाध्यायको उपस्थितिमा भएको भेलाले सो समिति गठन गरेको हो ।

त्यसै गरी उपभोक्ता समूह गठन गरी समिति गठन गर्ने क्रममा २१ वटा मध्ये १९ वटा उपभोक्ता समिति गठन भएको छ । नुवाकोट ५ वटा शिन्धुपाल्चोक ५ र रसुवा ९ वटा उपभोक्ता समितिहरू गठन भएका छन् । रसुवामा मात्र २ वटा उपभोक्ता समिति गठन गर्न बाँकी छ ।

धैबुङ्ग र यार्सा गाविसको उपभोक्ता समिति गठन हुन बाँकी रहेको र गठन प्रक्रियामै रहेकोले अबको एक साता भित्र गठन भई सक्ने लाङटाङ राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत उपाध्यायले बताए ।