
काठमाडौँ, २१ भदौ । सरकारले वीर अस्पताललाई कोभिड १९ उपचारमा केन्द्रित गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार सरकारले तत्कालका लागि वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
अब वीर अस्पतालमा दिइने सम्पूर्ण स्वास्थ्य सेवा ट्रमा सेन्टरबाट दिइने छ ।
‘अब वीर अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय भएको छ’, मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गौतमले भने, ‘त्यहाँ भइरहेका नियमित स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गरिने छ ।’















प्रतिक्रिया