७ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा थपिए ३५४ कोरोना संक्रमित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ भदौ । काठमाडौँ उपत्यकामा थप ३ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा २ सय ९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ गरी उपत्यकामा ३ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उपत्यकामा शनिबार ४ सय ८ जनामा संक्रमण देखिएको थियो ।

देशभर आइतबार थप ९ सय ८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।