
काठमाडौँ, २१ भदौ । नेपालमा थप ९ सय ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ८ सय ५७ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २८ हजार ९ सय नाघेको छ ।
हाल देशभर १७ हजार २७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २ सय ८९ जना पुगेको छ ।















प्रतिक्रिया