७ कार्तिक २०८३, शनिबार

पत्रकार राजाराम कार्कीमाथि भौतिक आक्रमण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ भदौ । राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि आक्रमण भएको छ ।

उनको टाउकोमा गम्भिर चोट लागेकोले हाल धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुरका उद्धव कार्कीले कार्कीमाथि आक्रमण गरेको जनाइएको छ ।

आक्रमणकारीलाई तत्काल पक्राउ गर्न काभ्रेका पत्रकारहरुले आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाले उक्त घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाउँदै आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गरेको छ ।

महासंघले कार्कीको तत्काल उपचार र क्षतिपूर्ति समेत आक्रमण गर्ने व्यक्तिबाट भारउन माग गरेको छ । उता, प्रेस युनियनले पनि घटनाको भत्र्सना गरेको छ ।