काठमाडौं, २१ भदौ । हेटौंडामा रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हाल गौरीटार आईसोलेसन वार्डमा रहेका ६२ जना संक्रमितहरूको लागि फलफूल, रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि सोहि अनुसारको खाद्य सामग्री वितरण गरेको छ ।
सिमेन्टले संक्रमित भई आईसोलेसनमा रहँदा पनि निरन्तर घर परिवारसंग सम्पर्क बनाई राख्नका निमित्त नेपाल टेलिकमको रु २०० बराबरको रिर्चाजकार्ड र एक थान तातो पानि खाने कप लगाएत बिभिन्न सामग्री बितरण गरेको हो ।
कार्यक्रममा बोल्दै रिद्धि सिद्धि सिमेन्टका क्षेत्रीय बिक्री प्रबन्धक बिक्रम खतिवडाले उद्योगले स्थानीय समुदायको दुःख सुःखको सारथि बन्न रिद्धि सिद्धि सिमेन्ट सदैब तैयार रहेको बताए ।















प्रतिक्रिया