३ कार्तिक २०८३, मंगलबार

अभिनेता सुशांतसिंहको मृत्यु प्रकरणमा घरेलु कामदार पनि पक्राउ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । बलिउड अभिनेता सुशांतसिंह राजपूतको मृत्यु प्रकरणमा उनका घरेलु कामदार पनि पक्राउ परेका छन् ।

नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले सुशान्तका घरेलु सहायक दिपेश सावन्तलाई गिरफ्तार गरेको हो ।

यसअघि टोलीले सुशान्तका पूर्व म्यानेजर र प्रेमिका भनिएकी अभिनेत्री रिया चक्रवर्तीका भाइलाई गिरफ्तार गरेको थियो ।

एनसीबी डेपुटी डाइरेक्टर केपीएस मल्होत्राले सुशान्तका घरेलु सहायक दिपेश सावन्तलाई ड्रग्स किन्ने र त्यसको लेनदेनको मामलामा गिरफ्तार गरिएको जानकारी दिएका छन् ।

उनलाई डिजिटल प्रमाण र बयानका आधारमा गिरफ्तार गरिएको उनले बताए। पक्राउ परेकाहरुसँग सोधपुछको काम भइरहेको छ ।