
काठमाडौँ, २० भदौ । अर्बपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोना संक्रमणमुक्त भएका छन् ।
१० दिनको होम आइसोलेसनपछि उनी निको भएका हुन् ।
भदौ १२ गते संक्रमण पुष्टि भएको उनमा शनिबार आफू निको भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
उनले आफू १० दिनको आइसोलेसनपछि संक्रमणमुक्त भएको फेसबुकमा लेखेका छन् । उनले आफूले आफन्त, मित्र, शुभचिन्तकहरुबाट पाएको हौसलाले संक्रमणमुक्त भएको बताएका छन् ।
त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य डिना (महालक्ष्मी) उपाध्याय पनि निको भएकी छन् । २१ दिनको आइसोलेसनपछि उनी निको भएकी हुन् ।















प्रतिक्रिया