
काठमाडौँ, २० भदौ । टोखा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरोत्तम रानामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वडामा कोरोना संक्रमित ल्याएर क्वारेन्टिनमा राख्ने कार्यमा संलग्न उनमा संक्रमण देखिएको हो ।
आफूले उच्च सतर्कता अपनाउँदा अपनाउँदै संक्रमित भएको र उच्च मनोबलका साथ कोरोनासँग लड्ने वडाध्यक्ष राना बताउँछन् ।
त्यस्तै, नगरपालिकाका केही कर्मचारीमा पनि संक्रमण देखिएकाले भदौ २१ गतेदेखि कार्यालय २८ गतेसम्मका लागि बन्द गरिने जनाइएको छ ।
यससँगै नगरपालिकामा हालसम्म २ सय ५७ जनामा संक्रमण देखिएको छ । जसमध्ये ९४ जना निको भएका छन् भने १ सय ६० जना उपचाररत रहेका छन् ।















प्रतिक्रिया