७ कार्तिक २०८३, शनिबार

९ महिने शिशुसहित दाङमा थप ३७ जनामा कोरोना पुष्टि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० भदौ । दाङमा शनिबार थप ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये एक ९ महिने शिशुसमेत रहेका छन् ।

स्वास्थ्य कार्यालय दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको स्वाब परिक्षणमा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको जनाएको छ ।

जिल्लामा समुदाय स्तरमा कोरोना देखिएर विभिन्न स्थानमा परीक्षण भइरहेको छ ।

संक्रमित हुनेमा घोराही उपमहानगरपालिकाका १८ जना रहेका छन् । यसैगरी तुलसीपुर क्षेत्रबाट संकलन गरि गरिएको स्वाब परिक्षणमा ९ महिने शिशुसहित १८ जनामा कोरोना देखिएको छ ।

यस्तै, जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का १ जनामा पनि कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ८ सय ३८ पुगेको छ । जसमध्ये ७ सय ६ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् । बाँकीको आइसोलेसनमा उपचार भइरहेको छ ।