
काठमाडौँ, २० भदौ । नेपालमा शनिबार थप १ हजार ४१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ११ जिल्लामा ५ सयभन्दा धेरै कोरोना संक्रमित रहेका छन् ।
४ वटा प्रदेशका ११ वटा जिल्लामा पाँचसय भन्दा धेरै संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, बारा, पर्सा, धनुषा, रौतहट र सर्लाहीमा ५ सय भन्दा धेरै संक्रमित रहेका छन् । यस्तै, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा पनि ५ सय भन्दा धेरै कोरोना संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया