
काठमाडौँ, २० भदौ । काठमाडौँ उपत्यकामा थप ४ सय ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ सय २६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ गरी उपत्यकामा ४ सय ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उपत्यकामा शुक्रबार ४५४ जनामा संक्रमण देखिएको थियो ।
देशभर शनिबार थप १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया