
काठमाडौँ, २० भदौ । ललितपुरको अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शुक्रबार गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको शव गीताकै भएको आज पुष्टि भएको हो । भदौ १७ गतेदेखि बेपत्ता उनको शव शुक्रबार भेटिएको थियो ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार हत्यामा संलग्न आशंकामा केसीको भतिजा पर्ने निर्मल केसी पक्राउ परेका छन् ।
प्रहरीका प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको बताइएको छ । शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ भने पक्राउ परेका निर्मलमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया