शन्चन्, २० भदौ । बर्लिन, जर्मनमा आयोजित आईएफए २०२० स्पेशल एडिशनमा ओपोका प्रमुख कार्यकारी अधिकृत टोनी च्छनले भर्चुअल उपस्थिती जनाएका छन् ।
भर्चुअल उपस्थिती जनाएका टोनीले क्वालकम की–नोट सत्रअन्तर्गत भिडियो कन्फरेन्समार्फत आफ्नो बक्तब्य पनि प्रस्तुत गरेका छन् ।
टोनीले ओपो र क्वालकमवीच सहकार्यको इतिहास केलाउँदै दुबै समूहले एकीकृत रुपमा सहकार्य अझअघि बढाउँदै फाइभजी उत्पादनको ग्लोबल रोलआउटका लागि अझ दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।
‘ओपो र क्वालकमले निकै लामो, नजिकको तथा विश्वसनीय पार्टनरशिप आदान–प्रदान गरेको छ’, टोनीले भने, ‘हामीले स्मार्टफोन विकास लगायत अन्य क्षेत्रमा सहकार्य गरेका छौँ ।’
‘यस वर्ष उपभोक्ताहरूका लागि थप फाइभजी उत्पादनका विकल्पका साथै अनुभव पस्कने सोचका साथ क्वालकमको स्न्यापड्रागन मोबाइल प्ल्याटफर्म सुसज्जित स्मार्टफोन्सका साथै फाइभजी सीपीई उत्पादनहरू यूरोप लगायत अन्य अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेका छौँ’, उनले भने ।
‘भविस्यमा विश्वभर फाइभजी उत्पादनको बृहत्तर ब्यवसायिक प्रयोगका लागि ओपोले क्वालकमसंगको पार्टनरशिपलाई निरन्तरता दिने छ’, उनले भने ।
ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूग उदय भइरहेको यस परिप्रेक्षमा ओपोले फाइभजी, एआई, एआर र विगडाटा लगायत नवप्रबर्तनात्मक प्राविधिक क्षेत्रमा आफ्नो लगानी बढाउँदै लैजाने छ ।
‘बनफन’लाई आाधार मान्दै कम्पनीले वैश्विक बजारका मूल्य मान्यतालाई आत्मसात गर्दै आफ्नो ग्लोबल बिजनेस विकास गर्दै लैजाने उनले जानकारी दिए ।
सर्वब्यापी फाइदाका लागि ओपो आफ्ना वैश्विक औद्योगिक चेन पार्टनर्ससंग सहकार्य गर्दै फाइभजी मोबाइल प्रविधि अन्तर्गतका नवप्रबर्तनका लागि खल्ला हृदयले सहकार्य गर्ने उनले बताए ।
यसरी, ओपोले आफ्ना पार्टनर्सका साथमा प्रयोगकर्तालाई छरितो, सहज र उत्साहजनक प्राविधिक अनुभव प्रदान गर्दै ईन्टेलिजेन्ट कनेक्टिभिटीको नयाँ पर्यावरण निर्माणका लागि सहकार्यलाई निरन्तरता दिइरहनेछ ।















प्रतिक्रिया