३ कार्तिक २०८३, मंगलबार

रमेश र सन्ध्याको स्वरमा ‘पिरती छुटाए’ रिलिज

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक रमेश परियार र गायिका सन्ध्या परियारको स्वरमा ‘पिरती छुटाए’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ ।

मायाप्रेम र विछोडको पीडालाई गीतमा देखाउन खोजिएको छ । युट्युबबाट रिलिज गरिएको ‘पिरती छुटाए’ पश्चिम नेपालको प्रचलित भाकामा आधारित छ ।

शुक्रबार रिलिज गरिएकाे गीतले छाेटाे समयमा युट्युबमा राम्राे भ्यु पाएकाे छ ।

गीतमा गायक रमेश परियारकै शब्द र संगीत रहेको छ । एरेञ्ज विनोद बाजुरालीले गरेका हुन् ।

म्युजिक भिडियोमा अर्नुन बिक र सरस्वती फुयाँलको अभिनय रहेको छ । गीतका प्रस्तुत कर्ता अर्जुन बिक हुन् ।