काठमाडौँ, ४ चैत । युवा संघ नेपाल भित्रको विवाद चुलिएपछि मातृ पार्टी नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले छुट्टाछुट्टै समानान्तर कार्यक्रम रोक्न निर्देशन दिएको छ ।
अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले बुधबार विज्ञप्ति जारी गरी समानान्तर कार्यक्रम हुने वातावरण नगर्न पार्टीको नेतृत्वलाई ध्यानाकर्षण गराएका हुन् ।
संघमा नीरु पाल नयाँ अध्यक्ष भएपछि उपाध्यक्ष दिलु पन्तलगायतले अलग्गै भेला र कार्यक्रम गर्दै आएका थिए । युवा संघ ‘संस्थापन’ र ‘गैरसंस्थापन’को नाममा विभाजित भएर काठमाडौँ र हेटौंडामा अलग अलग कार्यक्रम आयोजना गर्न लागिएपछि अनुशासन आयोगले यो निर्देशन दिएको हो ।
यस्ता क्रियाकलापबाट पार्टीलाई आन्तरिक जीवनमा नकारात्मक असर पार्ने भन्दै बोहराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, विधान र पद्धतिको परिधिमा रहेर आन्तरिक रुपमा हल गर्नुपर्छ, आपूmभित्रको मनमुटाब, कमजोरी र शैलीगत अन्तरविरोधलाई सच्याएर युवा आन्दोलनलाई वर्तमान राजनीतिक आवश्यकता तथा जनअपेक्षाअनुसार एकताबद्ध बनाई प्रभावकारी रुपमा अघि बढाउने र विवादलाई समाधान गर्ने आन्तरिक प्रयत्न गरिनुपर्छ ।”
















प्रतिक्रिया