८ कार्तिक २०८३, आइतबार

फोन गरेर बोलाएर हत्या गरेको अभियोगमा झापामा एक पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौ, १९ भदौ । झापाको शिवसताक्षी नगरपालिकामा हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२८ वर्षीय गोमानसिंह मगरको हत्या गरेको अभियोगमा प्रहरीले स्थानीय मनकुमार लिम्बुलाई पक्राउ गरेको छ ।

मंगलबार साँझ फोन गरेर भेट्न बोलाएर लिम्बुले गोमानसिंहको हत्या गरेको खुलेको हो । लिम्बुले मगलाई नयाँ नम्बरबाट फोन गरेर बोलाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरबाट साँझ ६ बजे पल्सर मोटरसाइकलमा निस्किएका मगरलाई आरोपी लिम्बुले शिवसताक्षी बजारमा भेटेको पाइएको छ ।

प्रहरीका अनुसार त्यहाँबाट उनकै मोटरसाइकलमा चढेर एक किलोमिटर उत्तरमा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको जंगलतिर गएको अनुसन्धानबाट खुलेको हो ।

अनुसन्धानका क्रममा लिम्बुले घाँटी छराले मगरको घाँटी रेटेर हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

दुवै जना बहाराइनबाट नेपाल फर्किएका हुन् । उनीहरुबीच लेनदेनमा भएको विवादले हत्यासम्म पुर्याएको प्रहरीले बताएको छ ।