७ कार्तिक २०८३, शनिबार

खतिवडाले राजीनामा दिएपछि अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओलीलाई

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई मन्त्रालयको जिम्मा दिएकी हुन् ।

शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि अब ओलीले नै ति मन्त्रालयहरु हेर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

विगत ६ महिनादेखि संसद नरहेका खतिवडाले एक दिन समय हुँदा नै राजीनामा दिएका हुन् । नेकपाले राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि खतिवडाले राजीनामा दिएका हुन् ।

मन्त्री खतिवडालाई अर्थ मन्त्रालयले विदाई गरेको छ ।

खतिवडाले संघीयता शुन्यमा सुरु भएकोले आफ्नो कार्यकाल निकै नै चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका थिए ।

आजको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले खतिवडाले सम्हालेको जिम्मेवारी प्रति धन्यवाद दिँदै खुशी व्यक्त गरेका थिए । खतिवडाले नै राष्ट्रियसभामा जाने ईच्छा नदेखाएपछि आफू पछि हटेको प्रधानमन्त्री ओलीको भनाइ छ ।