७ कार्तिक २०८३, शनिबार

रुपन्देहीमा एकै दिन थप ३ जना कोरोना संक्रमितको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ भदौ । रुपन्देहीमा एकै दिन थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

विभिन्न अस्पतालमा उपचार हुँदै गरेका ३ जनाको शुक्रबार मृत्यु भएको हो । मृतकहरुमा एक जना सिद्धार्थनगर नगरपालिकाका हुन् भने एक जना बुटवल उपमहानगरपालिकाका हुन् ।

बुटवल ८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

त्यस्तै, सिद्धार्थनगर ८ का ४५ वर्षीय मिर्गाैला पीडित पुरुषको घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, अर्का बिरामी ६४ वर्षीया महिलाको बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।