
बारा, १९ भदौ । बारामा प्रहरीले स्रोत नखुलेको ३० लाख रुपैयाँ नगदसहित ३ जनालाई पक्राउ गरेको छ ।
बारागढी गाउँपालिका २ बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगद सहित रौतहट बिन्दावन नगरपालिका २ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ















प्रतिक्रिया