३० आश्विन २०८३, शुक्रबार

‘पत्रकारमारा’ मिडिया चलाउने कि बन्द गर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shiba-dhungana

– शिवप्रसाद ढुंगाना

तलब नपाएरै रमाइलो रेडियोका पत्रकार दिपक कालिकोटे पत्रकारिता छोडेर दुई वर्षदेखि खाडी मुलुकमा श्रम गरिरहेका छन्, राजन रुचाल राजधानीतिर छन् । एक हप्ता अघि मात्र ‘तलब माग्दा मानसिक यातना र गालीगलौज सहन नसकेर राजीनामा दिन बाध्य’ भएको भन्दै नविन केसी र सुवास दर्नालले राजीनामा दिएर जिल्ला छोडे ।

यहाँ संचार उद्यमका नाममा ठगिएर पिल्सिएका दिया चन्ददेखि राजन, दिपक, नविन र सुवास अनि उद्यमीका नाममा शोषण गर्ने दिर्ग खत्री या यस्तै केही पात्र मात्र हुन् ।

नागरिकको हितमा काम नगर्दा सरकारलाई खबरदारी गरेर ठीक बाटोमा ल्याउने पवित्र उद्देश्य बोकर स्थापित संचार माध्यम त्यही संस्थालाई बचाउन दिलोज्यान दिने सहकर्मीलाई शोषण गरेर मालिक मालामाल हुने, कामदार मरिरहने घटनाले अब त्यस्ता संचारमाध्यम संचालन हुन दिइरहने कि कानुन बनाएर बन्द गराउने ?