मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतले बलिउडका अधिकांश कलाकार लागूऔषधको दुर्व्यसनी भएको आरोप लगाएकी छिन् ।
उनले थुप्रै कलाकारलाई आफ्नो रगतमा लागूऔषध परीक्षण गरेर सुधारगृहमा जान पनि सुझाव दिएकी छिन् ।
कंगनाबाट यस्तो आरोप लागेपछि आफूहरूले लागूऔषध लिने गरेको कुरा झुटो भएको प्रतिक्रिया केही कलाकारले दिएका छिन् ।
सुशान्तसिंह राजपूत पनि लागूऔषधको दुर्व्यसनी भएको खुलेपछि अभिनेत्री कंगना अहिले लागूऔषधबाट कलाकारलाई जोगाउने अभियानमा लागेकी छिन् ।
‘म रणवीर सिंह, रणवीर कपूर, अयान मुखर्जी, विकी कौशललगायतलाई ड्रग टेस्ट गर्नका लागि आफ्नो रगतको नमूना दिन अनुरोध गरूर्दछु’, उनले भनेकी छिन्, ‘उनीहरू कोकिनको नसा गर्छन् भन्ने बजारमा हल्ला छ ।’
उनले भनेकी छिन्, ‘म चाहन्छु कि यस्तो हल्लाको भण्डाफोर होस् । यी कलाकारले यसो गरेमा लाखौं मानिसलाई उनीहरूले अझ प्रेरित गर्न सक्नेछन् ।’
यसरी बजारमा लागेको आरोपलाई परीक्षण गरेर आफूहरू लागूऔषधको सेवनकर्ता नरहेको पुष्टि गरिदिन कंगनाले अनुरोध गरेकी हुन् ।















प्रतिक्रिया