
काठमाडौँ, १८ भदौ । ललितपुर महानगरपालिका रिङरोडभित्र कर्फ्यू आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार विहान ४ बजेदेखि राती १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।
कोरोना संक्रमण बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र भीडभाड बढेको भन्दै कर्फ्यू लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।
निषेधाज्ञाबीच बिहीबार दिउँसो मत्स्येन्द्रनाथको रथ तान्न सयौँको संख्यामा पुल्चोकमा निस्केपछि प्रहरीले भीड नियन्त्रण गर्न पानीको फोहोरा तथा अश्रुग्यास हानेको थियो । त्यही क्रममा झडप हुनुका साथै एक ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट समेत भएको थियो ।















प्रतिक्रिया