काठमाडौं, ४ चैत । सहमति खोज्न संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो कार्यकक्ष सिंहदरबामा बुधबार दिउँसो बोलाएको शीर्ष नेताहरुको बैठक विना निश्कर्ष टुंगिएको छ ।
सभामुख नेम्वाङको टेबुलमा बसेको बैठकमा शिर्ष नेताहरुबीच आरोप प्रत्यारोप चलेको बैठकमा सहभागी एक नेताले बताए । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाटै आरोपको सुरुवात भएको त्यसपछि गृहमन्त्री वामदेव गौतमले आरोपको खण्डन गरेको ती नेताले बताए ।
बैठमा संविधानसभाको प्रक्रिया सुरु नगर्न प्रचण्डले सभाध्यक्ष नेम्वाङलाई चेतावनी समेत दिएका छन् । एक दुई पार्टीको दबाबमा प्रक्रिया बढाइए जस्तोसुकै कदम चालिने उनको भनाई छ ।
प्रचण्डले यस्तो चेतावनी दिएपनि बैठकमा सभाध्यक्ष नेम्वाङले संविधानसभाको बैठक स्थगन हुँदा अन्योल भएको भन्दै जनतालाई सकारात्मक सन्देश दिन दलका नेतालाई सहमतिमा आउन आग्रह गरेका थिए ।
सभाध्यक्ष नेम्वाङले शिर्ष नेतालाई चाडो सहमति गरेर संविधान बनाउन वार्ताका लागि आफ्नो टेबुलमा बोलाएका थिए ।
सभाध्यक्ष नेम्वाङको अगुवाईमा सिंहदरबारमा सुरु भएको सो छलफलमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपप्रधानमन्त्री एव् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीसहितको सहभागिता रहेको थियो ।















प्रतिक्रिया