७ कार्तिक २०८३, शनिबार

धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटका अनुसार मृत्यु हुनेमा सप्तरी राजविराज ७ का ५५ वर्षीय पुरुष र राजगढ गाउँपालिका ६ का ५० वर्षीय पुरुष रहेका छन् ।

छिन्नमस्त अस्पताल, सप्तरीले रिफर गरेको ५५ वर्षीय पुरुष १५ वर्षदेखि मधुमेह र उच्च रक्तचापको बिरामी थिए ।

उनीहरु दुवैको बिहीबार दिउँसो सवा १ बजे मृत्यु भएको हो ।