७ कार्तिक २०८३, शनिबार

पुल्चोकमा एक जना ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । ललितपुरको पुल्चोकमा एक जना ट्राफिक जवानमाथि निर्घात कुटपिट भएको छ ।

रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्ने क्रममा भएको झडपपछि युवाहरुको एक समूहले कोरोनाभाइरस महामारीका बीच ड्युटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो ।

प्रशासनले गरेको निषेधाज्ञाको बाबजुद केही युवाहरुले मत्स्येन्द्रनाथको रथ तानेका थिए । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले उक्त यात्रा रोक्नका लागि महानगरीय ट्राफिक प्रहरीलाई निर्देशन दिएका थिए ।

प्रहरीले भीड नियन्त्रण गर्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो । त्यसैक्रममा ड्युटीमा खटिएका प्रहरी जवान घिमिरेमाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

सुरक्षा विज्ञहरुले ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि भएको कुटपिटले मनोबल गिर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।