२९ आश्विन २०८३, बिहिबार

पतिले नाङ्गो तस्बिर राख्ने, पत्नीले कमेन्ट गर्ने !

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kim

लन्डन। हलिउडीकी चर्चित सेलिब्रेटी किम कार्दाशियाको नाङ्गो तस्बिरले पुनः चर्चा पाएको छ । किमका पति कान्ये वेस्टले पत्नीको नाङ्गो तस्बिर ट्वीटरमा राखेर विभिन्न सन्देश लेखेपछि सञ्चारमाध्यममा उनीहरूको चर्चा भएको हो ।

पेशाले र्‍यापर हुन् किमका पति वेस्ट । किमको रियलिटी शो कीपिङ् अप विद् कार्दाशियाको १०औँ सिजनको प्रिमियर र किमको ट्वीटरमा पच्छ्याउनेहरूको संख्या ३ करोड भएको खुसीयालीमा कान्येले बधाई दिन पत्नीको नाङ्गो तस्बिर शेयर गरेको जनाएका छन् ।

कान्येले किमका ८ वटा न्यूड तस्बिर आफ्नो ट्वीटर एकाउन्टमा शेयर गरेका थिए । ४ वटा तस्बिरमा कान्येले शुभकामना र दुई तस्बिरमा ‘म धेरै लक्की छु किमको पति हुन पाएकोमा’ भनेर लेखेका छन् ।

किमले पनि कान्येलाई ट्वीटरमा रहेको आफ्नो नाङ्गो तस्बिरमा कमेन्ट गर्दै ‘मेरो मायालु पति’ भनेर टिप्पणी गरेकी छिन् ।

केही समय पहिला किमले म्यागेजिनका लागि नाङ्गा तस्बिरहरू खिचाएकी थिइन् । ति तस्बिरहरूका कारण इन्टरनेटमा किमको खुब खोजी पनि भएको थियो । – एजेन्सी

Kim2 Kim1