३ कार्तिक २०८३, मंगलबार

एकवर्षमा २ सय १५ जना बालबालिकाको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

help line

– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, ४ चैत । बालबालिकाको ओसार पसारमा बृद्धि भएको सिविन बाल हेल्प लाइन नेपालगन्जले जनाएको छ ।

सिविन नेपालगन्जले सन् २०१३ को तुलनामा सन् २०१४ मा बेचबिखनको जोखिममा रहेका धेरै बालबालिकाको उद्धार गर्नुले बालबालिकाको ओसार पसारमा बृद्धि भइरहेको देखिएको हो ।

सन् २०१३ मा १२२ जना बालबालिकाको उद्धार गरिएकोमा सन् २०१४ मा २१५ जना बालबालिकाको उद्धार गरिएको सिविन नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक सिद्धराज पनेरुले जानकारी दिए ।

बालिकाभन्दा बालक बेचबिखनको जोखिममा रहेको पनि सिविनले जनाएको छ । एक वर्षको अवधिमा १६२ जना बालक र ५३ जना बालिकाको उद्धार भएको छ ।

उद्धार गरिएका बालबालिकालाई बाल गृह, जिल्ला बाल कल्याण समिति पठाइएको र घरमा पुनस्र्थापना गरिएको थियो ।

उद्धार गरिएका बालबालिकालाई हवाला दिँदै सिविन नेपालगन्जका संयोजक पनेरुले भने, ‘उद्धार गरिएका बालबालिका मध्ये धेरैजसो परिवार, शिक्षक र आफन्तबाट दुब्र्यवहारमा परेकाहरु छन्,’–पनेरुले भने ।

विद्यार्थी, घर, होटल र कृषि क्षेत्रमा काम गर्ने बालबालिका ओसार पसारको जोखिममा पर्ने गरेका छन् । उनले भने, ‘घर र विद्यालयमा शारिरीक यातना पाएका र दुब्र्यवहारमा परेकाहरु बेचविखनको जोखिममा पर्ने सन् २०१३ को तथ्यांकले देखायो । घरमा बस्ने वातावरण नभएका बालबालिका भागेर सहर र भारत तर्फ जाने गरेका छन् ।’

उद्धार गरिएका बालबालिका मध्ये सवैभन्दा धेरै बाँके र दाङका छन् । सिविनले दिएको जानकारी अनुसार बाँके र दाङका समान ३४÷३४ जना छन् भने हुम्लाका ३२, रुकुमका २२, सल्यानका १९ तथा सुर्खेत र रोल्पाका १७/१७ जना बालबालिकाको उद्धार गरिएको छ ।

‘विगत जिल्लाको तुलनामा सुगम जिल्लाका बालबालिका चलाएमान हुने गरेको देखियो,’ संयोजक पनेरुले भने, ‘शिक्षाको पहुँच पुगेको परिवारका बालबालिकाको समेत उद्धार गरिएको छ ।’

बाँकेका मुख्य सहर र नेपाल–भारत सीमा नाकाबाट बालबालिकाको उद्धार गरिएको जानकारी दिँदै उनले सवैभन्दा कम डोल्पाका एकजना, प्यूठानका ३, दैलेख र मुगुका ४/४, जाजरकोट र जुम्लाका ६/६, कालिकोटका ७, र बर्दियाका ९ जना बालबालिकाको उद्धार गरिएको छ ।

सन् २०१३ को तुलनामा सन् २०१४ मा उद्धार भएका बालबालिकाको तथ्यांक बढेकाले सूचना र प्रविधिको विकास सँगै बालबालिकामाथि दुब्र्यवहार र यातनाका घटना बढ्दै गएको छ भन्न सकिने आधार देखिएको सिविन नेपालगन्जले जनाएको छ ।