८ कार्तिक २०८३, आइतबार

उपत्यकामा खुकुलो भयो निषेधाज्ञा, के के खुल्यो, के के खुलेन ?

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ भदौ । काठमाडौँ उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा थपिएको छ ।

यद्यपि पहिलेभन्दा केही खुकुलो बनाएर निषेधाज्ञा लम्बाइएको हो । वुधबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी एकै व्यहोराको निषेधाज्ञा जारी गरेका हुन् ।

केही खुकुलो बनाइएको निषेधाज्ञामा अब विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछारमासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।

विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ बजेदेखि ९ बजेसम्म खोल्न पाइनेछ । त्यही समयमा छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि चल्न पाउनेछन् ।

त्यस्तै, यसअघि प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा भने खुला गरिएको छ । होम डेलिभरी सेवाको मापदण्ड भने जिल्ला प्रशासन कार्यालयले छिट्टै जारी गर्नेछन् ।

होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नुपर्नेछ ।

निषेधाज्ञामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाले आयोजनास्थलमै क्वारेन्टिनमा कामदार कर्मचारीलाई राखेर निर्माणको काम पनि सञ्चालन गर्न पाइनेछ ।

त्यस्तै, अत्यावश्यक कामका लागि उपत्यका प्रवेश गर्न पीसीआर टेस्ट नेगेटिभ भएको अनिवार्य भएको हुनुपर्नेछ ।

हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनलाई पनि चल्न दिनेछ ।

तर पीसीआर परीक्षण सुविधा नभएको ठाउँबाट आउनेहरुले भने काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि यही भदौ ३ गतेदेखि जारी गरिएको निषेधाज्ञाको आज तेस्रोपटक थप एक साताका लागि अवधि बढाइएको हो ।

हेर्नुहोस् काठमाडौँ जिल्लाको आदेश :