७ कार्तिक २०८३, शनिबार

एकै पटक ४ बच्चालाई जन्म दिने आमाको मृत्यु, बच्चाको अवस्था अस्थिर

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । धनुषामा एकै पटक ४ जना बच्चा जन्माएकी एक २२ वर्षीया महिलाको मृत्यु भएको छ ।

विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले एकै पटक ३ छोरी र १ छोरा जन्माएकी हुन् ।

वुधबार विहानदेखि श्वासप्रश्वासमा समस्या भएपछि खातुनलाई आईसीयूमा उपचार गरिएको थियो ।

काव्या अस्पतालमा खातुनले जन्म दिएकी ४ जनामध्ये एक छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।

उनीहरुको अवस्था पनि अस्थिर रहेको अस्पतालले जनाएको छ ।

मंगलबार प्रसुतीका लागि अस्पताल भर्ना भएकी खातुनको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रियामार्फत ती बच्चाहरु निकालिएको हा । डा. सिंहले यो निकै दुर्लभ घटना भएको बताएकी छन् ।

खातुनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।