
मोरङ, १७ भदौ । विराटनगर महानगरपालिका ४ कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोलसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पेस्तोलको १ थान म्यागजिन र ३ राउण्ड गोलीसहित कटहरी गाउँपालिका २ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
केही व्यक्तिहरुले व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल र उनीहरूले प्रयोग गरेको को.३२ प ७५२५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ















प्रतिक्रिया