७ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थपियो

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । काठमाडौँ उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ ।

वुधबार उपत्यकाका ३ वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले थप ७ दिनका लागि निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

भदौ ३ गतेदेखि जारी गरिएको निषेधाज्ञाका आजै रातीदेखि अवधि सकिँदै गर्दा थप एक साताका लागि समय बढाइएको हो ।

पछिल्लो समय उपत्यकामा कोरोनाभाइरस संक्रमणको संख्या बढीरहेको अवस्थामा यसको नियन्त्रणका लागि थप ७ दिन निषेधाज्ञा थपिएको जनाइएको छ ।