७ कार्तिक २०८३, शनिबार

कर्फ्यू लगाएर उपत्यकामा निषेधाज्ञामा थप कडा गर्न मेयरहरुको सुझाव

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । काठमाडौँ उपत्यकामा कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडाइ गर्नुपर्ने उपत्यकाका नगरपालिकाका मेयरहरुको सञ्जाल उपत्यका नगरपालिका मेयर फोरमले बताएको छ ।

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाव दिएको बताए ।

श्रेष्ठका अनुसार अत्यावश्यक किनमेललाई सहज बनाईथप १५ दिन कर्फ्यु लगाएमात्रै कोरोना संक्रमण नियन्त्रणमा आउनेछ ।

हाल निषेधाज्ञामा संक्रमण तीव्र नफैलिएको र यसलाई नियन्त्रण गर्न पनि थप कडा गर्नुपर्ने उनको भनाइ रहेको छ ।

समुदायमा संक्रमण फैलिएको अवस्थामा निषेधाज्ञा नगरी नियन्त्रणमा ल्याउन कठीन हुने उनले उल्लेख गरे ।

उपत्यकामा भदौ ३ गतेदेखि जारी भएको निषेधाज्ञा आज रातीबाट सकिँदैछ । अब के गर्ने भन्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निर्णय गर्दैछ ।