
काठमाडौँ, १७ भदौ । टिचिङ हस्पिटल महाराजगञ्जमा उपचाररत कोरोना संक्रमित तनहुँकी २० वर्षीया युवतीको मृत्यु भएको छ ।
त्यस्तै, काठमाडौँका ७५ वर्षीया वृद्धको पनि मंगलबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।
तनहुँकी युवतीको मिर्गाैला फेल भएपछि डायलिसिस गराइरहेकी थिइन् । उनमा कोरोना पुष्टि भएपछि कोभिड बेडमा सारिएको थियो ।
मधुमेह र रक्तचापको समेत रोगी रहेका काठमाडौँका वृद्धलाई भदौ १५ गते अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले तयारी गरिरहेको बताइएको छ ।















प्रतिक्रिया